प्रदेश नं. १, प्रदेश सभाको परिचय
विश्व मानचित्रमा २६०२२’ उत्तरी अक्षांश देखि ३००२७’ उत्तरी अक्षांशसम्म र ८००४’ पूर्वी देशान्तर देखि ८८०१२’ पूर्वी देशान्तरसम्म फैलिएको नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी. (५६८२७ वर्ग माइल) रहेको छ । यसले विश्वको कुल भू-भागको ०.०३%, एसिया महादेशको ०.३ % र दक्षिण एसियाको ३% क्षेत्र ओगटेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र नेपालमा ७ वटा प्रदेशहरु रहेका छन् ।
प्रदेश नेपालको संघीय संरचनामा दोस्रो तहमा रहेको छ । सातै प्रदेशमा प्रदेश सभा अर्थात् संसद र यसमा बहुमत प्राप्त गर्ने दलको सरकार गठन हुने संसदीय प्रणाली रहेको छ । प्रदेश सभाको प्रमुख कार्य सरकार निर्माण गर्नु, प्रादेशिक कानून बनाउनु, प्रदेश सरकारको काम कारवाहीको निगरानी गर्नु र प्रादेशिक जनसरोकार विषय प्रदेश सभा छलफल गर्नु हो ।

हिमाल, पहाड र तराईसम्म फैलिएको प्रदेश नं १ मा झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्लाहरु पर्दछन् | यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल र सिक्किम राज्य पर्दछन् भने दक्षिणतर्फ बिहार राज्य पर्दछ । यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन् । यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ । मोरङ जिल्लाको बिराटनगरलाई प्रदेश नं. १ को राजधानी तोकिएको छ ।
नेपाल संघीयतामा प्रवेश गरे पश्चात पूर्वी नेपालको १४ वटा जिल्लाहरु समेटिएको प्रदेश नं. १ मा प्रत्यक्ष निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्या ५६ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य संख्या ३७ गरी जम्मा ९३ जना सदस्यहरु रहेको प्रदेश सभा गठन भएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ४१ जना, नेपाली काँग्रेसको २१ जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को १६ जना, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १० जना, जनता समाजवादी पार्टी, नेपालको ३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ जना सदस्यको प्रतिनिधित्व रहेको छ । सभाको काम कारवाही सु-सञ्चालनका लागि संविधानको धारा १७६ बमोजिम मिति २०७४ माघ १७ गते साबिक जिल्ला विकास समिति, विराटनगरको भवनमा प्रदेश सभा सचिवालय स्थापना भएको र मिति २०७४ माघ २२ गते सभाको पहिलो बैठक बसेको थियो ।
नोट : जम्मा ९३ सदस्य मध्येबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित सदस्य १ रिक्त र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २ सदस्यहरुले राजीनामा दिई जम्मा ३ सदस्यहरु रिक्त भएकाले हाल ९० जना सदस्य रहेका छन् ।

हाल प्रदेश १, प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय सदस्यहरुको विवरण
निर्वाचन पद्धतिका आधारमा प्रतिनिधित्व
सि.नं. | निर्वाचन पद्धति | जम्मा |
१ | पहिलो हुने निर्वाचित हुने | ५५ |
२ | समानुपातिक | ३७ |
जम्मा | ९० |
लैङ्गिकताको आधारमा प्रतिनिधित्व
सि.नं. | लिङ्ग | जम्मा |
१ | महिला | ३२ |
२ | पुरुष | ५८ |
जम्मा | ९० |
जातीगत आधारमा प्रतिनिधित्व
सि.नं. | निर्वाचन प्रणाली | जम्मा |
१ | क्षेत्री बाहुन | ३२ |
२ | राई लिम्बु | २७ |
३ | मधेसी आदिवासी | १५ |
४ | गरुङ | ३ |
५ | मुस्लिम | २ |
६ | नेवार | ५ |
७ | मगर | ३ |
८ | दलित पहाडी | ३ |
जम्मा | ९० |
दलगत आधारमा प्रतिनिधित्व
सि.नं. | दलको नाम | निर्वाचित | समानुपातिक | जम्मा |
१ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) | २९ | १० | ३९ |
२ | नेपाली काँग्रेस | ८ | १३ | २१ |
३ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) | १० | ५ | १५ |
४ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) | ५ | ५ | १० |
५ | जनता समाजवादी पार्टि, नेपाल | १ | २ | ३ |
६ | राष्ट्रिय प्रजातन्त्र पार्टी | ० | १ | १ |
७ | संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च | ० | १ | १ |
जम्मा | ५३ | ३७ | ९० |
जिल्लागत आधारमा प्रतिनिधित्व
सि.नं. | जिल्ला | निर्वाचित | समानुपातिक | जम्मा |
१ | झापा | ९ | ५ | १४ |
२ | इलाम | ३ | ० | ३ |
३ | पाँचथर | २ | २ | ४ |
४ | ताप्लेजुङ् | १ | ३ | ४ |
५ | मोरङ | १२ | ११ | २३ |
६ | सुनसरी | ८ | ६ | १४ |
७ | धनकुटा | २ | ३ | ५ |
८ | तेह्थुम | २ | ० | २ |
९ | भोजपूर | २ | १ | ३ |
१० | संखुबासभा | २ | २ | ४ |
११ | उदयपूर | ४ | ३ | ७ |
१२ | ओखलढुंगा | २ | ० | २ |
१३ | खोटाङ | २ | १ | ३ |
१४ | सोलुखुम्बु | २ | ० | २ |
जम्मा | ५३ | ३७ | ९० |