हिमाल, पहाड र तराईसम्म फैलिएको प्रदेश नं १ मा झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्लाहरु पर्दछन् । यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ। मोरङ जिल्लाको बिराटनगरलाई प्रदेश नं. १ को राजधानी तोकिएको छ । प्रदेश नं. १ मा प्रत्यक्ष निर्वाचन प्रणाली बमोजिम निर्वाचित ५६ र समानुपातिकबाट ३७ गरी जम्मा ९३ जना सदस्यहरु रहेको प्रदेश सभा गठन भएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ४१ जना, नेपाली काँग्रेसको २१ जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को १६ जना, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १० जना, जनता समाजवादी पार्टी, नेपालको ३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ जना सदस्यको प्रतिनिधित्व रहेको छ ।
नोट : जम्मा ९३ सदस्य मध्येबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट १ सदस्य रिक्त भई हाल जम्मा ९० जना सदस्य रहेका छन् ।
पुरा पढ्नुहोस्२०२० © प्रदेश सभा सचिवालय, १ न. प्रदेश. सर्वाधिकार सुरक्षित
Powered By: PDMT