प्रदेश न‌ं. १, प्रदेश सभा सचिवालयको परिचय

प्रदेश सभाको काम कारवाही सु-सञ्चालनका लागि संविधानको धारा १७६ बमोजिम मिति २०७४ माघ १७ गते साबिक जिल्ला विकास समिति, विराटनगरको भवनमा प्रदेश सभा सचिवालय स्थापना भएको छ । प्रदेश सभा सचिवालय ऐन, २०७४ (संशोधन सहित) को परिच्छेद २ दफा ३ बमोजिम रा.प. विशिष्ट श्रेणी सरहका प्रदेश सभा सचिवको नेतृत्वमा एक जना सचिवालय सचिव (रा.प. प्रथम श्रेणी) महाशाखा ५ , शाखाहरु २८ र २ वटा ईकाइहरु सहित ८९ कर्मचारीहरुको दरवन्दी रहेको छ ।

top