प्रदेश नं. १, प्रदेश सभा, सार्वजनिक लेखा समितिका पदाधिकारीहरुको विवरण
क्र.सं. | नाम, थर | पद | मोवाइल नं. |
1 | मा. शिव नारायण गनगाई | सभापति | 9842020456 |
2 | मा. अम्बिका थापा | सदस्य | 9852835496 |
3 | मा. आशारत्न जबेगु | सदस्य | 9851195291 |
4 | मा. कुल प्रसाद साम्बा | सदस्य | 9852023597 |
5 | मा. कुसुम कुमारी श्रेष्ठ | सदस्य | 9852050413 |
6 | मा. तुलसी प्रसाद न्यौपाने | सदस्य | 9842100111 |
7 | मा. वसन्तकुमार बानिया | सदस्य | 9852677999 |
सार्वजनिक लेखा समितिका सचिव – भवानी प्रसाद घिमिरे, अधिकृतस्तर आठौं
मोबाइल नं. – ९८६९३४५५३२
Email – bhawanighimire12@gmail.com
सार्वजनिक लेखा समितिका प्रमुख गतिविधिहरु
- जम्मा बैठक संख्या:२४
- मिति २०७६/०१/१३ गते बसेको बैठकले प्रदेश लेखा नियन्त्रक कार्यालयसँग आ.व. ०७५/०७६ को दोश्रो चौमासिकसम्मको
विवरण माग गरेको । - समितिको मिति २०७६/०२/३० मा बसेको बैठकको निर्णयानुसार मिति २०७६/०३/२३ गते सार्वजनिक लेखा समितिको काम,
कर्तव्य र अधिकार सम्बन्धमा प्रदेश सभा अन्तर्गत सबै समितिका माननीय सभापतिहरु, विपक्षी दलका नेता, सत्तापक्ष र
प्रतिपक्ष दलका माननीय सचेतकहरु, समितिका माननीय सदस्य तथा प्रदेश मन्त्रालयका सबै सचिवज्यूहरु संलग्न भई होटेल
जेनियलमा अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको । - मिति २०७६/०४/०९ गते बसेको बैठकको निर्णयानुसार प्रदेशस्तरीय मुख्यमन्त्रीकप फुटबल लिग प्रतियोगितामा अनियमितता
भएको भन्ने सम्बन्धमा र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुढीखोलादेखि विराटचोकसम्म मर्मत गरिएको सडक सम्बन्धमा
सम्बन्धित पक्षलाई सोधपुछ गरी अनियमितता सम्बन्धमा छानविन गरी आवश्यक निर्देशन दिएको । - मिति २०७६/०५/१२ मा बसेको बैठकमा म.ले.प.ले औंल्याएको बेरुजु सम्बन्धमा म.ले.प. को प्रतिनिधि तथा प्रदेश मन्त्रालयका
सचिवहरु समेतको उपस्थितिमा बेरुजुमाथि छलफल भएको । - मिति २०७६/०७/२९ को बैठकको निर्णय अनुसार म.ले.प. ले औंल्याएको बेरुजु विवरण र बेरुजु फर्छ्यौटको समय सीमासहित
प्रदेशका सबै मन्त्रालयसँग माग गरेको । - मिति २०७६/०८/०१ गते बसेको समितिको बैठकको निर्णयानुसारसमितिका मानीय सदस्यहरुबाट मिति २०७६/०८/१८ देखि
मिति २०७६/०८/२४ सम्म प्रदेश नं. ३, प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशको भ्रमण गरेको ।

