प्रदेश नं. १, प्रदेश सभाको परिचय
विश्व मानचित्रमा २६०२२’ उत्तरी अक्षांश देखि ३००२७’ उत्तरी अक्षांशसम्म र ८००४’ पूर्वी देशान्तर देखि ८८०१२’ पूर्वी देशान्तरसम्म फैलिएको नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी. (५६८२७ वर्ग माइल) रहेको छ । यसले विश्वको कुल भू-भागको ०.०३%, एसिया महादेशको ०.३ % र दक्षिण एसियाको ३% क्षेत्र ओगटेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र नेपालमा ७ वटा प्रदेशहरु रहेका छन् ।
प्रदेश नेपालको संघीय संरचनामा दोस्रो तहमा रहेको छ । सातै प्रदेशमा प्रदेश सभा अर्थात् संसद र यसमा बहुमत प्राप्त गर्ने दलको सरकार गठन हुने संसदीय प्रणाली रहेको छ । प्रदेश सभाको प्रमुख कार्य सरकार निर्माण गर्नु, प्रादेशिक कानून बनाउनु, प्रदेश सरकारको काम कारवाहीको निगरानी गर्नु र प्रादेशिक जनसरोकार विषय प्रदेश सभा छलफल गर्नु हो ।

२०६८ को जनगणना अनुसार
हिमाल, पहाड र तराईसम्म फैलिएको प्रदेश नं १ मा झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्लाहरु पर्दछन् | यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल र सिक्किम राज्य पर्दछन् भने दक्षिणतर्फ बिहार राज्य पर्दछ । यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन् । यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ । मोरङ जिल्लाको बिराटनगरलाई प्रदेश नं. १ को राजधानी तोकिएको छ ।
हाल प्रदेश १, प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय सदस्यहरुको विवरण
निर्वाचन पद्धतिका आधारमा प्रतिनिधित्व
लैङ्गिकताको आधारमा प्रतिनिधित्व
जातीगत आधारमा प्रतिनिधित्व
दलगत आधारमा प्रतिनिधित्व
जिल्लागत आधारमा प्रतिनिधित्व