Language: Nepali English

डाउनलोड एप

प्रदेश सभाका बारेमा

हिमाल, पहाड र तराईसम्म फैलिएको प्रदेश नं १ मा झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्लाहरु पर्दछन् ।

यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ। मोरङ जिल्लाको बिराटनगरलाई प्रदेश नं. १ को राजधानी तोकिएको छ ।

प्रदेश नं. १ मा प्रत्यक्ष निर्वाचन प्रणाली बमोजिम निर्वाचित ५६ र समानुपातिकबाट ३७ गरी जम्मा ९३ जना सदस्यहरु रहेको प्रदेश सभा गठन भएको छ ।

जसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ४० जना, नेपाली काँग्रेसको २९ जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ जना, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ४ जना, जनता समाजवादी पार्टी, नेपालको १ जना सदस्यको प्रतिनिधित्व रहेको छ । 

top